• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    कान्धार सहरमा आत्मघाती बम विस्फोट, के छ अवस्था ?

    0.9K
    SHARES



    काठमाडौँ। अफगानिस्तानको कान्धार सहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ ।

    स्थानीय समयअनुसार आज बिहान ८ बजेतिर भएको विस्फोटमा तालिबान सरकारले भने ३ जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ ।

    सिटी सेन्टरमा रहेको एक निजी बैंकमा भएको विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । अफगानिस्तान सरकारका कर्मचारी तलब लिन लाइनमा जम्मा भएको बैंकको शाखामा विस्फोट भएको थियो । विस्फोटमा ज्यान गुमाएका र झन्डै ५० जना घाइतेलाई सहरको सबैभन्दा ठूलो मिरवास अस्पतालमा लगिएको खबरमा भनिएको छ ।

    कान्धार तालिबानको सत्ताको केन्द्र हो जुन तालिबानको सर्वाेच्च कमान्डरको आधार क्षेत्र पनि हो । सन् २०२१ मा विदेशी सेनाको पूर्ण फिर्तीसँगै तालिबानले पूर्ण नियन्त्रण प्राप्त गरेपछि अफगानिस्तानको समग्र सुरक्षा सुधारमा आएको भए पनि हरेक वर्ष दर्जनौँ बम विस्फोट र आत्मघाती आक्रमणहरू भइरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ