• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

५६ हजार रुपैयाँमा बिक्यो एक दाना कागती !

6K
SHARES



काठमाडौं । भारतको तमिलनाडुमा एउटा कागतीको दाना ५६ हजार रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको छ ।

तमिलनाडुको शिवगिरी गाउँस्थित पाझापूसाइयन मन्दिरमा महाशिवरात्रीका अवसरमा भएको लिलामीका क्रममा कागतीको गेडा अविश्वसनीय रुपमा लाखौँ मूल्यमा बिकेको हो ।

परम्परागत रुपमा कागतीको बोलकबोल हुने क्रममा यसपटक १५ जना भक्तालुहरुले लिलाम बढाबढमा भाग लिए । त्यसक्रममा एरोडमा बस्ने एकजना व्यक्तिले सर्वाधिक ३५ हजार भारुको बोली लगाए ।

लिलाम बिक्रीपछि मन्दिरका पुजारीले उक्त कागतीलाई भगवान शिवको अगाडि राखे र केहीबेर पुजा गरेर विशेष बनाएका थिए । तत् पश्चात् सो कागती सम्बन्धित खरीदकर्तालाई दिइएको थियो ।

कागतीको लिलामी समारोहमा सयौँ भक्तजनहरु मन्दिरमा उपस्थित थिए । स्थानीय प्रचलन अनुसार त्यसरी बोलकबोलमा कागती खरीद गर्ने मानिसको भाग्य चम्किने तथा सुस्वास्थ्य र दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ । एजेन्सीको सहयोगमा

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ