• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    फेसबुकमा फेरि देखियो समस्या, कभर फोटो नै देखिन छाड्यो !

    4.3K
    SHARES

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फेरि समस्या देखिएको छ ।

    प्रयोगकर्ताहरूले अरूको कभर फोटो नदेखाएको, सर्च हिस्ट्री नदेखिएको, स्टोरी लोड नभएको जस्ता गुनासो गरिरहेका छन् । यद्यपि, आफ्नो कभर फोटो भने हेर्न मिल्छ ।

    वेबबाट फेसबुक चलाउने प्रयोकर्ताहरूले भने अनलाइन सूची देखिरहेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा विश्वभरका १० हजारभन्दा धेरै प्रयोगकर्ताले फेसबुक मेसेन्जर एपमा याक्टिभ प्रयोकर्ता नदेखिने समस्या देखिरहेको गुनासो गरेका छन् ।

    यसअघि फागुन २२ गते फेसबुकमा समस्या आएको थियो । त्यतिबेला केही समयका लागि फेसबुक पूर्णरूपमा नै बन्द भएको थियो ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ