• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    गाजाको अस्पतालमा इजरायली सेनाको कारबाही

    3.3K
    SHARES

    काठमाडौँ। इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफामा फेरि कारबाही शुरु गरेको छ ।

    सेनाले पछिल्लो समय हमास बिद्रोही सहित ८० जनाभन्दा बढीलाई पक्राउ गरेको जनाएको छ । उनीहरुले हमासले फेरि अस्पतालमा कमाण्ड सेन्टरको तयारी गरिरहेको दावी गरेका छन् ।

    इजरायली सेनाले यसअघि अस्पताल वरपर बस्ने मानिसहरूलाई त्यस क्षेत्र खाली गर्न आग्रह गरेका थिए । उनीहरुलाई नटेर्नेहरु पक्राउमा परेका बीबीसीले जनाएको छ । सेनाका कारण अस्पतालमा शरण लिएका गाजाका धेरै शरणार्थीहरू र बिरामीहरु समस्यामा परेका खबरमा उललेख छ ।

    यसैबीच हमासले इजरायली सैन्य कारबाहीलाई नयाँ ‘अपराध’ र ‘आक्रमण’ भन्दै निन्दा गरेको छ । यसअघि नोभेम्बर महिनामा पनि इजरायली सेनाले अल शिफा अस्पतालमा सैन्य कारबाही गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ