• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपाल आइपुगे आईसीसीका अध्यक्ष बार्कले

    643
    SHARES



    काठमाण्डाै। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख ग्रेग बार्कले नेपाल आइपुगेका छन् ।

    आईसीसी प्रमुख बार्कले आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का, उपाध्यक्ष राेशनकुमार सिंहलगायतले स्वागत गरे ।

    प्रमुख बार्कलेले नेपालको ४ दिने भ्रमणका लागि आइपुगेका हुन् । उनले नेपाल भ्रमणका क्रममा त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको निरीक्षण गर्नेछन् । यस्तै उनले प्रधानमन्त्री, अर्थमन्त्री, खेलकुद मन्त्रीलगायतलाई भेट गर्ने तालिका रहेको क्यानले जनाएको छ ।

    नेपालले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्वकप सह-आयोजना गर्ने दाबी गर्दै आएको छ । क्यानले नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन बार्कलेको भ्रमण महत्त्वपूर्ण हुने बताएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया