• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    गार्डेन रिचमा निर्माणाधीन भवन भत्किँदा २ जनाको मृत्यु

    1.7K
    SHARES



    काठमाडौँ। पश्चिम बंगालको राजधानी कोलकाताको गार्डेन रीच क्षेत्रमा आइतबार मध्यराति निर्माणाधीन भवन अचानक भत्किँदा २ जनाको ज्यान गएको छ ।

    यस दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ । भग्नावशेष मुनि अझै पनि कम्तीमा ६ जना पुरिएको आशङ्का गरिएको छ । यस घटनामा १ जनालाई पक्राउ गरिएको छ ।

    सरकारले दुर्घटनाको अनुसन्धान गर्न प्रवर्द्धकलाई पक्राउ गर्न निर्देशन दिएको छ । दुघर्टनास्थलमा मुख्यमन्त्री ममता बनर्जी पनि पुगेकी छिन् । उनी स्वयम् पनि घाइते छिन् । बनर्जी भने अर्कै घटनामा घाइते भएकी हुन् ।

    बनर्जीको साथमा दक्षिण कोलकाताकी सांसद माला राई र प्रहरी आयुक्त विनीत गोयललगायत वरिष्ठ प्रहरी र प्रशासनका अधिकारीहरू पनि घटनास्थलमा पुगेको भनिएको छ ।

    यो क्षेत्र कोलकाता नगर निगमका मेयर र शहरी विकास मन्त्री फिरहाद हकिमको हो । उनले पार्टीका अर्का मन्त्री सुजित बसुसँगै रातभर घटनास्थलमा बसेर राहत तथा उद्धार कार्यको अनुगमन गरेका थिए । यस भवनको निर्माण गैरकानुनी भएको भन्दै उनले छानबिन गर्न आदेश दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ