• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    २०२९ सम्म एआईले मानवीय बौद्धिकतालाई उछिन्छ- एलन मस्क

    3.9K
    SHARES

    काठमाडौं । टेस्लाका मालिक एलन मस्कले सन् २०२९ को अन्त्यसम्म आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले मानवको बौद्धिकतालाई उछिन्ने दाबी गरेका छन् ।

    भविष्यविद् रे कुर्ज्वेलले प्रसिद्ध पोडकास्टर जो रोगनसँग गरेको कुराकानी एक्समा शेयर गर्दै मस्कले २०२९ सम्म एआईले ‍मानवको बौद्धिकतालाई जित्ने बताएका हुन् ।

    राेगनसँगको पोडकास्टमा कुर्ज्वेलले प्रविधिको वृद्धिको विश्लेषण गरेका छन् । उनको विश्लेषणमा मानिसले कम्प्युटेसनल, एल्गोरिदम र डेटा प्रोसेसिङमा क्षमता बढाउँदै लगेको छ । यिनै प्रगतिले अन्ततः एआईले मानव बुद्धिमतालाई पछाडि पार्ने कुर्ज्वेलले बताएका हुन् ।

    “आममानिस सोच्छन् कि, एआईले मानिसको बुद्धिमतालाई जित्न अझै सय वर्ष लाग्छ । तर मेरो विचारमा सम्भवतः अर्को पाँच वर्षभित्र एआईले मानव बुद्धिमतालाई उछिन्न सक्छ,” पोडकास्टमा उनले भनेका छन्, “फेरि मैले एआईको यस प्रकारको प्रगतिबारे १९९९ मै बताएको थिएँ ।”

    कुर्ज्वेलको भनाइमा प्रतिक्रिया दिँदै एआईको प्रभावबारे बोलिरहने मस्कले पनि मानिसभन्दा एआई धेरै बुद्धिमान बन्ने बताएका हुन् । “२०२९ सम्ममा सम्भवतः एआई कुनै पनि मानिसभन्दा स्मार्ट हुनेछ । सायद सबै मानिसहरूभन्दा भन्दा स्मार्ट हुनेछ,” मस्कले पोस्ट शेयर गर्दै लेखेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ