• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास

    प्रेस सेन्टर जापान शाखाको अधिवेशनको तयारी पुरा

    2.3K
    SHARES

    टोकियो जापान । प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको सबै तयारि पुरा भएको छ । अधिबेशनमा जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता रहने प्रेस सेन्टर जापानले जनाएको छ। आगामी मार्च १७ तारिखमा हुने सेन्टरको प्रथम अधिवेशनका सबै कामकाजहरुको तयारी पुरा भएको प्रथम अधिवेशन आयोजक समितिका सहसंयोजक विनोद ढकालले जानकारी दिएका छन् ।

    जापानमा कृयाशिल प्रेस सेन्टर निकट पत्रकारहरूको भेलाले अधिवेशन आयोजक समिति गठन गरेको थियो। भेलाद्वारा निर्वाचित अधिबेशन आयोजक समितिको बैठकद्वारा आयोजना गरिएको प्रथम अधिबेशन जापानको राजधानी टोकियो ओकुबुस्थित “काठमाडौं लण्च”मा सम्पन्न गरिने सहसंयोजक ढकालले बताएका छन्।

    कार्यक्रममा आतिथ्यताका लागि जापानमा क्रियाशिल सबै संघ संस्थाहरूलाई निमन्त्रणा पठाईसकिएको पनि उनले जानकारी दिए।  प्रेस सेन्टर नेपाल, जापान शाखालाई मजबुत बनाउदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्न अधिबेशनले महत्वपूर्ण भूमिका खेल्ने आशा आयोजक समितिको छ।

    यस्तै अधिबेशनले समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने साथीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पत्रकारिता क्षमताको बिकास गर्न मुख्य जोड दिने, प्रवासमा रहेर पनि देशको हितमा काम गर्न निरन्तर हौशला प्रदान गर्ने प्रेरणा दिने बातावरण सिर्जना गर्ने आयोजनाक समितिको भनाई छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ