• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    बिक्री नभएर वाइन थुप्रिन थालेपछि उखेलिए अङ्गुरका झाङ

    2.3K
    SHARES



    काठमाडौँ । अस्ट्रेलियाभरमा अङ्गुरका दसौँ लाख झाङ नष्ट गरिएको छ ।

    वाइनको अत्यधिक उत्पादनका कारण मूल्य घट्दै गएको अनि अङ्गुर किसान एवम् वाइन निर्माताहरूको जीविका नै संकटमा पर्ने स्थिति देखिएपछि अरू करोडौँ झाङ पनि उखेलेर फ्याकिँदैछ । विश्वभर वाइनको खपत घटेपछि अस्ट्रेलियाका वाइन निर्माताहरू मारमा परेका छन् ।

    २०२३ को मध्यतिरै अस्ट्रेलियामा २ अर्ब लिटरभन्दा बढी वाइन उब्रिएको थियो । यति वाइन उत्पादन गर्न करिब २ वर्ष लाग्छ । अस्ट्रेलिया विश्वको पाँचौँ ठुलो वाइन उत्पादक हो । हालैका वर्षसम्म वाइन बेच्न यो चिनियाँ बजारप्रति निर्भर रहँदै आएको थियो । तर विश्व बजारमा वाइनको माग घटेपछि यति बेला अङ्गुर किसानहरू घाटामा छन् ।

    वाइनमा पनि रेड वाइन सबैभन्दा मारमा परेको छ । सन् २०२० मा प्रति टन ६५९ अस्ट्रेलियन डलर रहेको रेड वाइनको भाउ घटेर अहिले औसत ३०४ अष्ट्रेलियन डलरमा आएको छ । यो भनेको १.० हो ।

    यो वर्ष पनि वाइनको भाउ न्यून नै रहने सरकारको प्रक्षेपण छ । बजारमा सन्तुलन ल्याउन र मूल्यलाई टेवा दिन ग्रिफिथलगायत केही स्थानका एक चौथाइ अङ्गुरका झाङ उखेलेर फ्याँक्नु पर्ने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया