• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अमेरिकी राष्ट्रपति चुनाव- ट्रम्पलाई यस्तो चेतावनी दिँदै निक्की हेलीले फिर्तालिइन् उम्मेद्वारी

    2.6K
    SHARES



    वासिङ्टन । अमेरिकी राष्ट्रपति चुनावको दौडबाट निक्की हेलीले आफ्नो नाम फिर्ता लिएकी छिन् ।

    हेलीको बहिर्गमनलाई प्रभावकारी रूपमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको सुरुवात मानिएको छ । अब राष्ट्रपतिको अन्तिम दौडमा रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबिच प्रतिस्पर्धा हुने लगभग निश्चित जस्तै बनेको छ ।

    तर हेलीले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै भनिन्, ‘अब यो डोनाल्ड ट्रम्पको हातमा छ कि उहाँलाई हाम्रो पार्टी र त्यसभन्दा बाहिरका भोट कसरी ल्याउनुहुन्छ । मलाई आशा छ कि उहाँले यो हासिल गर्न सक्नुहुनेछ ।’

    तर यी सबैको बिचमा एउटा नयाँ प्रश्न छ– हेलीका मतदाताले उनी पछि कसलाई भोट दिनेछन् ? दक्षिण क्यारोलिनाका पूर्व गभर्नर हेलीलाई समर्थन गर्ने ट्रम्पविरोधी रिपब्लिकन र स्वतन्त्र उम्मेदवारहरूको समूहको मत ट्रम्पलाई मनोनयनबाट हटाउन पर्याप्त थिएन।

    तर, हेलीको समर्थनमा यिनै मानिसहरूका साथै कलेजका शिक्षक र हेलीलाई दुईवटा प्राइमरी जिताउन भूमिका खेल्ने उपनगरीय मतदाता सँगै मिलेर अघि बढ्ने हो भने यो सङ्ख्या उल्लेखनीय हुन सक्छ । ऐतिहासिक रूपमा, यी समूहहरूलाई चुनावमा प्रभाव पार्न सक्ने ठुलो शक्ति मानिन्छ।

    निक्कीले छाडेका मतदाताले अब राष्ट्रपति चुनावमा महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको विश्वास छ । रिपब्लिकन रणनीतिकार केभिन म्याडेनले भने, ‘यो चुनावको निर्णय यिनै मतदाताहरूले गर्नेछन्।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ