• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    प्रवास

    मलेसियामा घर फिर्ती कार्यक्रम

    3.3K
    SHARES



    काठमाण्डौ। मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ ।

    अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई आजदेखि २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम रहेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

    यस कार्यक्रम अन्तर्गत स्वदेश फर्कन मलेसियामा विना भिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेकाको हकमा ५ सय मलेसियन रिङ्गिट जरिवाना र भिषाको नियम उल्लङ्घन गरी मलेसियामा बसेकाहरूको हकमा ३ सय मलेसियन रिङ्गिट जरिबाना तिर्नुपर्ने छ । मलेसियामा अवैधानिक रुपमा बसेका नेपालीलाई यो मौकाको फाइदा उठाएर स्वदेश फर्कन दूतावासले आग्रह गरेको छ ।

    दूतावासका अनुसार अवैधानिक रूपमा मलेसिया बस्दै आइ घर फर्कन चाहने विदेशी नागरिकको सहजीकरणका लागि अध्यागमन विभागले कुनै निकाय वा व्यक्तिलाई जिम्मेवारी दिएको छैन । यसका लागि घर फर्कन चाहने नेपालीले स्वयम् प्रक्रिया अगाडि बढाउनुपर्ने दूतावासले जनाएको छ । घर फर्कनको लागि वैध राहदानी वा यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) को लागि नेपाली दूतावासमा आवेदन दिनुपर्नेछ । निवेदन दिएको १४ दिनभित्रमा नेपाल फर्कने एकतर्फी हवाई टिकको व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

    दूतावासका अनुसार मलेसियाको अध्यागमन विभागलाई जरिबाना रकम नगदमा तिर्न नमिल्ने भएकाले डेबिट कार्ड वा क्रेडिट कार्डबाट तिर्न सकिन्छ । अथवा ‘टच एन गो ई वालेट’ मार्फत पिन नम्बर लिइ पनि जरिबाना रकम तिर्न सकिन्छ । दूतावासले आवश्यक कागजत र तोकिएको रकम लिइ मलेसियाको अध्यागमन विभागले तोकेकामध्ये आफूलाई पायक पर्ने ठाउँमा गएर आवेदन दर्ता गर्न अग्रहा गरेको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया