• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    गगनयानबाट अन्तरिक्ष पुग्ने ४ जना भारतीय अन्तरिक्षयात्रीको नाम सार्वजनिक

    4.3K
    SHARES

    काठमाडौँ। भारतले आफ्नो पहिलो मानवयुक्त अन्तरिक्ष मिसन गगनयानका लागि चारजना अन्तरिक्षयात्रीको छनोट गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चारैजना अन्तरिक्षयात्रीलाई एस्ट्रोनट विंग्स लगाइदिएर उनीहरुको नाम सार्वजनिक गरेका हुन् ।

    भारतीय अन्तरिक्ष एजेन्सी इसरोले आफ्नो सोसल मिडिया अकाउन्ट एक्समार्फत् यसको जानकारी गराएको छ ।

    चारैजना भारतीय वायुसेनाका प्रशिक्षक पाइलट हुन् । ४ जनामा ग्रुप क्याप्टेन प्रशान्त नायर, अंगद प्रताप, अजित कृष्ण र विंग कमान्डर शुभांशु शुक्ला रहेका छन् ।

    उनीहरुले भारतका सबै प्रकारका लडाकु जेट विमानहरु उडाइसकेका छन् र उनीहरु लडाकु जेटहरुका कमजोरी तथा विशेषताहरुको बारेमा पूर्ण जानकार छन् । त्यसैले उनीहरुलाई गगनयान अन्तरिक्ष तालिमका लागि छनोट गरिएको हो । उनीहरुको तालिम यसअघि नै रुसमा भैसकेको छ । हाल उनीहरुले बैंग्लोरस्थित अन्तरिक्षयात्री तालिम केन्द्रमा तालिम लिइरहेका छन् ।

    गगनयान मिसनका लागि भारतका सयौं पाइलटहरुको परिक्षण भएको थियो । त्यसबाट १२ जना चुनिएका थिए । इन्स्टिच्यूट अफ एरोस्पेस मेडिसिनले उक्त छनोट गरेको थियो । तत् पश्चात् विभिन्न चरणका छनोट प्रक्रिया पूरा गरेर भारतीय अन्तरिक्ष एजेन्सी इसरो र भारतीय वायुसेनाले चारजना टेस्ट पाइलटहरुको नामलाई अन्तिम रुप दिएको थियो ।

    त्योसँगै चारैजनालाई सन् २०२० को सुरुआतमा तालिमका लागि रुस पठाइयो ताकि उनीहरुले आधारभूत प्रशिक्षण लिन सकुन् । तर, कोभिड-१९ का कारण तालिममा विलम्ब भयो र सन् २०२१ मा मात्रै तालिम सकियो । त्यसयता चारैजनाले लगातार तालिम गरिरहेका छन् । त्यसमा विभिन्न प्रकारका तालिम भैरहेका छन् ।

    इसरोको ह्युम स्पेस फ्लाइट सेन्टर (एचएसएफसी) मा अनेक खालका सिमुलेटरहरु राखिएको छ । त्यसमै उनीहरुले अभ्यास गरिरहेका छन् । उनीहरुले लगातार उडान पनि भरिरहेका छन् र तन्दुरुस्तीमा ध्यान दिइरहेका छन् । यद्यपि उनीहरु चारैजना गगनयान मिसनमा उडान भर्ने छैनन् । तीमध्ये २ वा ३ जना मात्रै गगनयान मिसनका लागि छानिनेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ