• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    नवाज शरिफकी छोरी मरियम बनिन् पञ्जाबको मुख्यमन्त्री

    3.2K
    SHARES



    इस्लामवाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाज पञ्जाबको मुख्यमन्त्रीमा निर्वाचित भएकी छन् ।

    ५० वर्षीया मरियम नवाज पञ्जाबको पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् । योसँगै उनी पाकिस्तानको इतिहासमै पहिलो पटक प्रान्तको मुख्यमन्त्री बनेकी छिन् ।

    उनको पार्टी पाकिस्तान मुस्लिम लिग (एन)ले पञ्जाब विधानसभामा सबैभन्दा बढी सिट पाएको थियो । सदनमा अन्य दलको सदस्य सबैभन्दा बढी थिए ।

    त्यसैले सोमबार विधानसभामा मुख्यमन्त्री पदका लागि भएको चुनावमा मरियम नवाजले कुनै खालको अवरोधको सामना गर्नु परेन । मरियम पाकिस्तान मुस्लिम लिग–नवाज (एन)की वरिष्ठ उपाध्यक्ष हुन् ।

    मरियमले पूर्वप्रधानमन्त्री इमरान खान समर्थित सुन्नी इत्तेहाद काउन्सिलका राना अयुबलाई पराजित गर्दै मुख्यमन्त्री बनेकी छन् । मुख्यमन्त्रीका लागि मतदान गर्न पञ्जाब विधानसभामा जानुअघि मरियमले आफ्नी आमाको चिहानमा पुगेर श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

    ‘हाम्रो देशको इतिहासमा पहिलो पटक पञ्जाबको मुख्यमन्त्री बन्ने छिन् । मरियम शरीफ पञ्जाबको मुख्यमन्त्रीको शपथ लिने पहिलो महिला हुनेछिन् ।’ निर्वाचन अघि पीएमएल (एन) ले ट्वीटरमा लेखेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया