• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    रुस–युक्रेन युद्धमा ‘झन्डै ५० हजार जना सर्वसाधारण मारिए’

    2.4K
    SHARES



    काठमाडौँ । युक्रेनबीच भएको युद्धमा झन्डै ५० हजार जना सर्वसाधारण मारिएका युक्रेनले जनाएको छ ।

    युद्ध शुरु भएको २ वर्ष पूरा भएको सन्दर्भमा युक्रेनका अधिकारीहरूले सर्वसाधारण मारिएको यकिन तथ्याङ्क अभाव भए पनि झन्डै ५० हजार जना सर्वसाधारण मारिएका बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

    रुसले सन् २०२२ को फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण शुरु गरेको हो । रुस र युक्रेन दुवै पक्षले सैनिकको मृत्यु र घाइतेको सङ्ख्या भने सार्वजनिक गरेका छैनन् । छ महिनाअघि अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै झन्डै ७० हजार युक्रेनी सैनिकको ज्यान गएको र एक लाखको हाराहारीमा घाइते भएका उल्लेख गरेको थियो ।

    यस्तै गएको डिसेम्बरमा सार्वजनिक भएको अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा तीन लाख १५ हजार रुसी सैनिक मारिएको वा घाइते भएको उल्लेख गरेको थियो । तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन ।

    रुसले युक्रेनको झन्डै १८ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ । यसमध्ये क्राइमिया प्रायद्वीपलाई उसले सन् २०१४ मा आफ्नो देशमा गाभेको थियो र डोनेट्स्क र लुहान्स्कलाई पनि त्यस बेला नै कब्जा गरेको थियो । अघिल्लो वर्ष युक्रेनले प्रत्याक्रम बढाउँदा रुस रक्षात्मकजस्तो देखिएकोमा पछिल्ला महिनामा ऊ पुनः आक्रमक बनेको छ ।

    तेस्रो वर्षमा प्रवेश गरिसक्दा पनि लडाइँ सकिने कुनै लक्षण देखिएको छैन । युक्रेन, रुस वा उनीहरूका सहयोगीले शान्ति सम्झौताका लागि कुनै आधार फेला पारेका छैनन् ।

    युक्रेनले आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनर्स्थापित हुनुपर्ने माग राख्दै रुसी सेनालाई जुनसुकै हालतमा बाहिर निकाल्ने बताउँदै आएको छ । रुस भने युक्रेन पूर्णरूपमा राष्ट्र नभएको र आफ्नो लक्ष्य प्राप्त नभएसम्म पछि नहट्ने अडानमा छ ।

    बीबीसीका अनुसार कुनै पक्षले आत्मसमर्पण गर्ने सम्भावना नरहेको र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्ताबाट हट्ने लक्षण पनि नदेखिएकाले रुस-युक्रेन युद्ध लामो समय जारी रहने सम्भावना रहेको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया