• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    निजी कम्पनीको यान चन्द्रमाको सतहमा अवतरण, ५० वर्षपछि अमेरिकाको पुनः उपस्थिति

    1.6K
    SHARES



    तस्बिर : एजेन्सी

    काठमाडौँ। अमेरिकाको निजी कम्पनी ‘इन्टुइटिभ मशिन्स’ ले पठाएको अन्तरिक्षयान आज बिहान चन्द्रमाको सतहमा अवतरण भएको छ ।  योसँगै ‘इन्टुइटिभ मशिन्स’ चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था पनि बनेको छ ।

    यस्तै ५० वर्षपछि चद्रमामा अमेरिकाको पुनः उपस्थिति भएको छ । निजी कम्पनीले यान पठाएको भए पनि उसलाई अमेरिकी अन्तरिक्ष निकाय नासाले पैसा दिएको हो । अमेरिकाले यसअघि अन्तिम पटक सन् १९७२ मा चन्द्रमामा यान अवतरण गराएको थियो ।

    आज यान अवतरण भएको ठाउँ सूर्यको प्रकाश कहिल्यै नपुग्ने खाडल भएको क्षेत्र पनि हो । त्यहाँ जमेको पानी हुन सक्ने वैज्ञानिकहरूको अनुमान रहेको छ ।  यानमा नासाका छ वटा उपकरणहरु रहेका छन् । त्यसमध्ये एउटा उपकरणले चन्द्रमामा भएको धुलोको गुणबारे महत्त्वपूर्ण अध्ययन गर्ने नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया