• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पत्रकार शाक्य र गौतमलाई प्रहरीले गरेको दुर्व्यवहारप्रति महासंघको आपत्ति

    1K
    SHARES



    काठमाडौँ । नेपाल पत्रकार महासंघले समाचार सङ्कलनका क्रममा नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य र संवाददाता सुनिता गौतममाथि कालीमाटी वृत्तका प्रहरीले गरेको दुर्व्यवहारको घटनाप्रति आपत्ति जनाएको छ । महासंघका सचिव रोशन पुरीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो घटनाले स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको महासंघको ठहर रहेको बताए ।

    फागुन ९ गते बुधवार काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारका क्रममा ठगीमा परेकाहरूको दबाब दिने कार्यक्रममा समाचार सङ्कलनका लागि विभाग पुगेका पत्रकारद्वयलाई कालीमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीले सूचना विभागबाट जारी प्रेस पास देखाउँदासमेत दुर्व्यवहार गरेको महासंघले जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ- ‘समाचार सङ्कलनका क्रममा सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र त पैसामा किन्न पाइन्छ भन्दै धम्कीको भाषा प्रयोग गर्दै प्रहरीले पत्रकारको प्रेस पास खोसेर धरपकड गर्दै भ्यानमा राखेर कालीमाटी प्रहरी वृत्त पुर्याएर कोठामा राखी क्यामेरा र मोबाइल बन्द गर्न लगाएका थिए ।

    स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । प्रहरीले गरेको यो हर्कतले संविधान प्रदत्त स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको महासंघको ठहर छ ।’

    महासंघ घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र संविधान प्रदत्त प्रेसको अधिकारको सम्मान गर्दै प्रहरीबाटै हुने प्रेस विरोधी घटना दोहोरिन नदिन कडा कदम चाल्न सम्बन्धित निकायसँग माग गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ