• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना- ‘कोही जीवित रहेको संकेत देखिएको छैन’

    2.1K
    SHARES



    काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरानी रेडक्रस सोसाइटीका अनुसार हेलिकप्टरमा सवार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत जीवित रहेको संकेत नदेखिएको जनाएको छ ।

    इरानी समाचार संस्था तसनिम न्युज एजेन्सीलाई दिएको अन्तर्वार्तामा इरानी रेडक्रस सोसाइटीका अध्यक्ष परि हुसेन कोलिवान्दले भनेका छन्, ‘हेलिकप्टर दुर्घटनास्थलमा कोही पनि जीवित रहेको संकेत देखा परेको छैन ।’

    इरानको अर्धसरकारी समाचार संस्था मेहर न्युज एजेन्सीले भने इरानी राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानलगायत दुर्घटनामा सहिद भएको जनाएको छ । यद्यपि यो सरकारी स्तरमा भने पुष्टि भएको छैन । मेहर न्युज एजेन्सीले हेलिकप्टरमा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानसँगै पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमाती, अयोतल्लाह मोहम्मद अली हासेमलगायतका उच्च अधिकारी रहेको जनाएको छ ।

    इरानी सञ्चारमाध्यमहरूका अनुसार आइतबार अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटनपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको हो । स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । राष्ट्रपति रइसीको अवस्थाबारे पनि अहिलेसम्म स्पष्ट रूपमा केही जानकारी आएको छैन । रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया