• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    युक्रेनमा दुईवटा मिसाइल आक्रमण, ६० जना रुसी सेनाको मृत्यु

    1.8K
    SHARES



    काठमाडौँ। पूर्वी युक्रेनको एक तालिम क्षेत्रमा दुईवटा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० जना रुसी सेनाहरुको ज्यान गएको छ ।

    डोनेट्स्क क्षेत्रमा एक वरिष्ठ कमाण्डरको आगमनको स्वागतका लागि रुसी सेनाहरू भेला भएका बेला क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ ।

    रुसी अधिकारीअरुले आक्रमण भएको पुष्टि गरे पनि समाचारमा आएजस्तो मानिसहरुको ‍ज्यान नगएकाे प्रतिक्रिया दिएका खबरमा पनि खबरमा भानिको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई भेट्नुभन्दा केही घण्टाअघि आक्रमण भएको बताइएको छ । तर, दुई नेताबीच पछिल्लो मिसाइल आक्रमणका विषयमा छलफल नभएको बीबीसीले जनाएको छ ।

    रुसले कब्जा गरेको गाउँ नजिकैको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो । घटनामा पछि बाहिरिएको भिडियोमा मृतकको सङ्ख्या धेरै देखिए पनि ६० जनाको मात्र ज्यान गएको बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ