• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    शम्भु नाकामा हृदयाघातका कारण एक किसानको मृत्यु

    2.1K
    SHARES



    काठमाडौँ। पन्जाब र हरियाणाको शम्भु नाकामा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार ज्ञान सिंहको मृत्यु भएको हो ।

    अस्पतालका अनुसार मृतकलाई हृदयघात भएको थियो । ‘हामीले उपचार सुरु गर्‍यौँ तर दुर्भाग्यवश बचाउन सकेनौँ,’ पटियालाका राजिंदर अस्पतालका डाक्टरले भनेका छन् ।

    किसान नेता सर्वन सिंह पन्धेरका अनुसार मृतक मजदूर संघर्ष समिति पञ्जाबसँग आबद्ध थिए । ‘मृत्युको कारण हृदयघात हो, बाँकी पोष्टमार्टमपछि खुल्नेछ,’ पत्रकारसँग कुरा गर्दै पन्धेरले भने । ‘यसको कारण केन्द्र सरकार हो, यहाँ यति धेरै मानिसहरू छन्, वृद्धवृद्धा छन् । उचित उपचारमा, उठ्न, सुत्न, नुहाई-धुवाई सबै चिजमा समस्या भइरहेको छ । आन्दोलन लामो समयसम्म चल्छ, हामीलाई लाग्छ कि अझै धेरै मानिसहरु शहीद हुनेछन्, सरकारले हाम्रा माग स्वीकार गरेर समस्या समाधान गर्नुपर्छ,’ उनले भने । शुक्रबार शम्भु नाकामा किसानहरुको प्रदर्शनको चौथो दिन हो ।

    गए राति किसान नेता र केन्द्र सरकारका मन्त्रीहरूबिचको वार्तामा कुनै समाधान हुन सकेन । ‘हामीले किसानका माग सुनेका छौँ, अब आइतबार किसानसँग वार्ता हुनेछ,’ रातिको वार्तापछि केन्द्रीय कृषिमन्त्री अर्जुन मुण्डाले भनेका थिए ।

    नाकामा किसान र सुरक्षाकर्मीबिच पटकपटक झडप भइसकेको छ । किसानलाई रोक्न सुरक्षा बलले अश्रुग्यास समेत प्रहार गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया