• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    किसानको मागको समर्थनमा आज भारत बन्दको घोषणा

    1.9K
    SHARES



    काठमाडौँ। भारतमा किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान सङ्गठनहरूले आज भारत बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो ।

    मोर्चाले किसानको मागलाई समर्थन गर्ने सबै सङ्गठनलाई भारत बन्द गर्न अपिल गरेको बीबीसी हिन्दीले जनाएको छ । त्यसमा देशभरका केही श्रमिक सङ्गठनको पनि सहभागिता रहनेछ ।

    यस बन्दमा सहभागी हुन दिल्लीतर्फ लागेका पञ्जाबका केही किसानहरूलाई हरियाणामा अम्बाला नजिकै रोकिएको खबरमा भनिएको छ ।  उनीहरुलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्यास समेत प्रहार गरेका थिए ।

    भारत बन्दलाई मध्यनजर गर्दै राजधानी दिल्लीलगायत धेरै राज्यमा सुरक्षा व्यवस्था गरिएको छ । दिल्ली पुलिसका अनुसार प्रदर्शनकारीलाई दिल्ली प्रवेश गर्नबाट रोक्नको लागि पूर्ण व्यवस्था गरिएको छ । किसानहरुको अर्को सङ्गठन संयुक्त किसान मोर्चा (गैरराजनीतिक) ले पनि भारत बन्दमा सहभागी हुन नागरिकलाई अपिल गरेको छ ।

    भारतको हरियाणा, पञ्जाब र उत्तर प्रदेश राज्यका किसानले केन्द्र सरकारले न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, किसानविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने, किसानलाई प्रदूषण कानुनभन्दा बाहिर राख्नुपर्ने, लगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया