• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    मन्दीतर्फ धकेलियो जापानी अर्थतन्त्र

    2.3K
    SHARES

    काठमाडौँ । जापानको अर्थतन्त्र अनपेक्षित रूपमा मन्दीतर्फ धकेलिएको छ । त्यहाँको मन्त्री परिषद्को कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा सन् २०२३ को अन्तिम त्रैमासमा अर्थतन्त्र 0.४ प्रतिशतले खुम्चिएको छ । अघिल्लो त्रैमासमा पनि अर्थतन्त्र वार्षिक ३.३ प्रतिशतले खुम्चिएको थियो ।

    डिसेम्बर त्रैमासमा अर्थतन्त्र १ प्रतिशत भन्दा धेरैले बढ्ने अपेक्षा अर्थशास्त्रीहरूले गरेका थिए । यो तथ्याङ्क प्रारम्भिक भएकोले यसमा संशोधनको आशा भने जीवितै छ ।

    लगातार २ त्रैमाससम्म आर्थिक वृद्धिदर नकारात्मक क्षेत्रमा जानुलाई अर्थशास्त्रको भाषामा आर्थिक मन्दी भनिन्छ । अक्टोबरमा बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोषले जापानलाई उछिनेर जर्मनी विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको थियो ।

    सन २०२३ मा जापानको अर्थतन्त्रको आकार ४२ खर्ब डलर आसपास छ । जर्मनीको भने ४४ खर्ब आसपास हुन सक्ने बताइएको छ । दुवै देशले आर्थिक वृद्धिको अन्तिम तथ्याङ्क सार्वजनिक गरेपछि कोषले आफ्नो वरियतामा हेरफेर गर्नेछ ।

    अमेरिकी डलरको तुलनामा जापानी येनको भाउमा आएको तीव्र कमीका अर्थतन्त्रको सूचिमा जापानको वरियता खस्किन सक्ने कोषकी डेपुटी हेड गीता गोपिनाथनले यस महिनाको टोकियोमा आयोजित पत्रकार सम्मेलनमा भनेकी थिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ