• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    पाकिस्तानमा नयाँ सरकार बनाउन ६ दलीय गठबन्धन

    1.7K
    SHARES

    काठमाडौँ। पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) ले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने भएको छ ।

    पीएमएल-एन र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) मिलेर पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाएका हुन् ।

    पाकिस्तानमा सम्पन्न चुनावमा पूर्वप्रधानमन्त्री इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा धेरै सिट जितेका छन् । उनीहरूसँग दलीय हैसियत नभएकोले दोस्रो स्थानमा रहेको पीएमएल-एनको नेतृत्वमा गठबन्धन बनेको हो ।

    गठबन्धनमा आबद्ध दलका नेताहरूले संयुक्त पत्रकार सम्मेलन गरेर चुनावमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरे पनि अब मिलेर आर्थिक सङ्कटलाई पार लगाउने बताएका छन् ।

    पूर्वप्रधानमन्त्री नवाज शरीफले आफ्नो कान्छो भाइ शहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार बनाएका बीबीसी हिन्दीले जनाएको छ । अकूत सम्पत्ति कमाएको मुद्दामा सात महिना जेल बसेका शरीफलाई विशेष अदालतले सफाइ दिएको थियो ।

    यसैबीच पूर्वप्रधानमन्त्री नवाज शरीफले पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई उम्मेदवार बनाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ