• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मेनुका पौडेललाई राष्ट्रपति पौडेलले दिए बधाई

    2.7K
    SHARES



    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली गायिका मेनुका पौडेललाई बधाई दिएका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले उनलाई धन्यवाद दिंदै सम्मानसमेत व्यक्त गरेका छन् ।

    राष्ट्रपतिले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताएको उनको सचिवालयले जनाएको छ । मेहनत र क्षमता देखाएर देशका छोराछोरीले मुलुकको शान र गौरव बढाउने उनको भनाइ थियो ।

    गायिका पौडेल यतिबेला काठमाडौंमा छिन् । इण्डियन आइडलको अन्तिम १० बाट उनी गत साता बाहिरिएकी थिइन् । उक्त भारतीय रियालिटी शोले मेनुकालाई चर्चा दिलाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ