• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    याैन शाेषण मुद्दामा दाेषी ठहर भएका व्यक्तिकाे सजाय माफ गरेकाेमा राष्ट्रपतिद्वारा राजीनामा

    2.6K
    SHARES

    काठमाण्डौ । हङ्गेरीकी राष्ट्रपति क्याटलिन नोभाकले राजीनामा दिएका छन् ।

    बालबालिकालाई यौन शोषण गरेको मुद्दामा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफ गरेकोमा खेद व्यक्त गर्दै राष्ट्रपति नोभाकले राजीनामा दिएको बीबीसीले जनाएको छ ।

    एक सरकारी बालगृहका निर्देशकमाथि लागेको यौन शोषणको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने व्यक्तिको सजाय राष्ट्रपतिले माफ गरेको कुरा गएको हप्ता सार्वजनिक भएको थियो ।

    राष्ट्रपतिको यो निर्णयलाई लिएर हङ्गेरीमा प्रदर्शन भइरहेको थियो र राष्ट्रपतिको राजीनामाको माग भइरहेको थियो । राष्ट्रपति नोभाकले टीभीमा लाइभ आएर आफ्नो निर्णयप्रति खेद प्रकट गरिन् र सजाय माफ दिएर आफूले गल्ती गरेको बताइन् । सजाय माफको निर्णयलाई अनुमति दिने तत्कालीन कानुनमन्त्री जुडित वारगाले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावका लागि अभियानबाट हट्ने घोषणा गरेकी हुन् ।

    गएको वर्ष इसाई धर्मगुरु पोप फ्रान्सिस हङ्गेरी आउँदा राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गरेकी थिइन् । त्यो सूचीमा परेका बालगृहका निर्देशकलाई यौन शोषण मुद्दामा ८ वर्षको सजाय सुनाइएको थियो । यस्तै बालगृहका उपनिर्देशकलाई तीन वर्षको सजाय सुनाइएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ