• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    यूएईमा दुबई पुलिसको नाम लिएर पैसा चोर्ने गिरोह सक्रिय

    2.2K
    SHARES

    काठमाडौँ । यूएईमा दुवई पुलिसको नाम लिएर पैसा चोर्ने गिरोह सक्रिय भइरहेका छन् । त्यहाँ कार्यरत नेपालीसमेतलाई लक्षित गरेर गिरोहले ठगीधन्दा चलाइरहेको पाइएको नेपाल एसोसिएसन-एनआरएनए यूएईका अध्यक्ष विकास शाहीले जानकारी गराएका छन् ।

    उनका अनुसार अहिले युएईमा ठगी गर्ने कार्यमा संलग्नहरुले दुवई पुलिसको नाम लिएर मोवाईलमा फोनकल तथा विभिन्न सञ्जालहरु ईमो, बोटिम, ह्वाटसप, फेसबुक म्यासेन्जर, मोवाईल म्यासेज गर्ने गरेको पाइएको छ ।

    जसको माध्यमबाट ईमिरेष्ट आईडीको विवरण, बैंक डेबिट तथा क्रेडिट कार्डको नम्बर तथा कार्डको पछाडि हुने ३ अंङ्कको सिभिसी नम्बर माग्ने र उक्त नम्बर लिई सकेपछि रजिष्टर मोवाईलमा आउने ओटिपी नम्बर समेत मागेर खातामा रहेको सम्पूर्ण रकम चोरी गर्ने कार्य भएको पाइएको उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ