• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    सुरक्षा गार्डले कला प्रदर्शनीमा राखिएको कलाकृति खान खोजेपछि…

    4.5K
    SHARES



    मस्को । मस्कोमा अनौठो घटना भएको छ । एक जना सुरक्षा गार्डले प्रदर्शनमा राखिएको कलाकृतिलाई बिगारेर यसलाई खाने कोसिस गरेका छन् ।

    गएको हप्ता मस्कोमा आयोजित समकालीन कला प्रदर्शनीमा ‘इस्केप अफ द गोल्डफिश’ शीर्षक दिएर एउटा सिसाको भाडामा गोल्डफिश राखिएको थियो ।

    यो भाडासँगै भित्तामा समुद्रको एउटा पेन्टिङ थियो । पेन्टिङको पुछारमा भाग्न थालेको एउटा गोल्डफिश अड्किए जस्तो देखिन्थ्यो । यो प्रदर्शनीको मुख्य आकर्षण थियो ।

    तर एक जना सुरक्षा गार्डले पैसा दिएर आफूलाई जुन कृतिलाई जोगाउन भनेर राखिएको थियो त्यही कृति नै नष्ट गरे । रुसी सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा ती गार्डले इस्केप अफ द गोल्डफिश नजिक गएको र २ ओटा गोल्डफिशलाई भाँडोबाट बाहिर झिकिरहेको देखिन्छ ।

    पेन्टिङलाई एउटा हातले समातेर अर्को हातले त्यसमा भएको गोल्डफिश थुतेर निकालिदिन्छन् । माछा सुँघेर टोक्ने कोसिस गर्छन् ।

    आयोजकहरुले इस्केप अफ द गोल्डफिश बिग्रिएको देखेपछि सुरक्षा क्यामरा चेक गर्ने क्रममा सुरक्षा गार्डको बदमासी देखे ।

    उनले किन त्यस्तो व्यवहार गरेर भनेर केरकार गर्दा आफूलाई सुत्न गाह्रो भएको निद्रा नपरेको अनि कलाकृति बिगार्दा आफूले के गरिरहेको छु भनेर नबुझेको बताएका छन् । ती सुरक्षा गार्डलाई जागिरबाट निकाला गरिएको छ । केही दिनपछि बिग्रिएको कलाकृति पुनः बनाइएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया