• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    नेपाली ब्रान्ड ‘अलेवा’ को रेन्जर स्मार्टवाच सार्वजनिक, सुरुवाती ग्राहकलाई १ हजार छुट

    3.7K
    SHARES

    काठमाडौं । नेपाली ब्रान्ड अलेवाले स्मार्टवाच सार्वजनिक गरेको छ । शुक्रवार एक कार्यक्रम गर्दै कम्पनीले रेन्जर स्मार्टवाच सार्वजनिक गरेको हो ।

    १.४३ इन्च एमोलेड डिस्प्ले भएको यो स्मार्टवाटको रेजोलुसन ४६६*४६६ पिक्सेल छ भने ८ सय निट्स ब्राइटनेस रहेको छ । यसले आईपी ६८ रेटिङ पाएको छ ।

    स्ट्यान्डबाई मोडमा यो स्मार्टवाच ३० दिनसम्म टिक्ने कम्पनीको दाबी छ । लगातारको प्रयोगमा भने ब्याट्री सात दिनसम्म टिक्ने बताइएको छ । २५० ओटा वाच फेस भएको यो स्मार्टवाचलाई फिटक्लाउड प्रो एपमार्फत कन्ट्रोल गर्न सकिन्छ ।

    यसले ब्लुटुथ कल पनि सपोर्ट गर्छ । एआई भ्वाइस असिस्टेन्ट समेत रहेको यो वाचमा हेल्थ मनिटरिङ र साइन्टिफिक एक्सर्साइज डेटाको सुविधा दिइएको छ । यसमा ग्र्याभिटी सेन्सर र एनएफसी सपोर्ट सिस्टम छ ।

    एन्ड्रोइड ४.० र आईफएस ९.० भन्दा माथिका ओएस अपडेट भएका सबै डिभाइसमा यसलाई कनेक्ट गरेर प्रयोग गर्न सकिन्छ । यसमा रियलटेक ८७६३फ चिप समावेश गरिएको छ ।

    प्रयोगकर्ताले भ्वाइस कन्ट्रोल, इन्फरमेसन स्क्रिन अल्वेज अन, पासवर्ड अनलकिङ, फिमेल पिडियड साइकल मनिटरिङ जस्ता फिचर प्रयोग गर्न सक्छन् ।

    त्यस्तै यो स्मार्टवाचमा कस्टम डायल, वेदर फोरकास्ट, म्युजिक कन्ट्रोल, स्टेप काउन्टिङ, हर्ट रेट, स्लिप साइकल मनिटरिङ जस्ता काम गर्न सकिन्छ । यसलाई कम्पनीले छ महिनाको वारेन्टि दिएको छ ।

    सार्वजनिक भएको विशेष उपलक्ष्यमा कम्पनीले दराजमा विशेष अफर दिन लागेको जनाएको छ । ग्राहकले १८ फेब्रुअरीसम्म ४ हजार ९ सय ९९ रुपैयाँ पर्ने यो स्मार्टवाच ३ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ