• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    पाकिस्तान चुनावको प्रारम्भिक नतिजामा कडा टक्कर

    1.9K
    SHARES

    काठमाडौं । पाकिस्तानको निर्वाचनमा इमरान खान, नवाज शरीफ र बिलावल भुट्टोको पार्टीबीच कडा टक्कर देखिएको छ ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार इमरान खानको पार्टी तहरिक-ए- इन्साफ (पीटीआई), बिलावल भुट्टोको पाकिस्तान पिपल्स पार्टी (पीपीपी) र नवाज शरीफको पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन) बीच कडा प्रतिस्पर्धा भइरहेको छ । उनीहरुबीच उछिनपाछिन जारी छ ।

    शुक्रबार मध्याह्न पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार इमरान खान र भुट्टोका पार्टीका उम्मेदवारहरुले समान २२/२२ सिट जितेका छन् । नवाज शरीफको पार्टीले १८ सिट जितेको छ ।

    पीटीआईका केन्द्रीय सचिव रहुफ हसनले आफ्ना उम्मेदवारले १२५ सिटमा अग्रता कायम गरिरहेको जिकिर गरेका छन् । ‘हालसम्मको स्थिति हेर्दा हामी कम्तिमा चार वटा प्रान्त सहित केन्द्रीय सरकारको नेतृत्व गर्ने स्थितिमा छौँ,’ उनले एक्समा भनेका छन् ।

    २६५ संघीय सदनका निर्वाचन क्षेत्रका मत हाल गणना भइरहेको छ । यस्तै ५९३ प्रान्तीय सदनका मत समेत गणना भइरहेका छन् । निर्वाचन विहीबार भएको थियो । मतदाताहरु निर्वाचन प्रक्रिया धाँधलीरहित हुनेमा आशंका गर्दै मतदानमा सरिक भएका थिए ।

    धेरैको अनुमान इमरान खानको पार्टी हार्ने र नवाज शरीफको पार्टीले जित्छ भन्ने थियो । किनभने इमरान खान जेलमा भएको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न प्रतिबन्ध लगाइएकाले नवाज शरीफ नेतृत्वको पार्टीले धेरै स्थानमा चुनाव जित्ने प्रक्षेपणहरु सार्वजनिक भएका थिए । इमरान खानको पार्टी पीटीआईका कतिपय उम्मेदवारहरु जेलमा बन्द छन् । उनीहरु बन्दी अवस्थामै चुनाव लडेका छन् ।

    मतदान सकिएलगत्तै सुरु भएको मतगणनाको प्रारम्भिक रुझानमै इमरान खानका उम्मेदवारहरुले अग्रता कायम गरेका थिए । अहिले सार्वजनिक भइरहेका प्रारम्भिक नतिजाले मतदाता स्वयंलाई आश्चर्यमा पारेको छ । नवाज शरीफको पार्टी पछि परेपछि नतिजा सार्वजनिक हुन ढिलाइ भइरहेका मिडियो रिपोर्ट सार्वजनिक भइरहेका छन् ।

    तर यो सत्य हो कि संयोगमात्र हो भन्ने पुष्टि भइसकेको छैन । यद्यपि निर्वाचन आयोगले छिटो मत परिणाम सार्वजनिक गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ ।

    मतगणनामा हुनसक्ने संभावित धाँधलीलाई रोक्नुपर्ने र छिटो नतिजा सार्वजनिक हुनुपर्ने माग गर्दै कार्यकर्ताहरुले सडकमा उत्रिएर प्रदर्शन जारी राखेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ