• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    पाकिस्तानमा चुनावकाे पूर्वसन्ध्यामा बम विस्फाेट, कम्तीमा २२ जनाकाे मृत्यु

    2.2K
    SHARES

    काठमाडौँ। पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुई वटा बम विस्फोट हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ । चुनावको पूर्वसन्ध्यामा भएको विस्फोटमा कति जना घाइते भए भन्ने विवरण भने आइसकेको छैन ।

    पहिलो विस्फोट पिशिन जिल्लामा एक जना स्वतन्त्र उम्मेदवारको कार्यालय अगाडि र दोस्रो विस्फोट सफी उल्लाह जिल्लामा भएको बीबीसीले जनाएको छ । पाकिस्तानमा चुनावको अघिल्लो दिन भएको विस्फोटले धाँधली हुने सम्भावना बढेको खबरमा भनिएको छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएका छैनन् । बलाेचिस्तान सरकारले मतदान योजनाअनुसार अघि बढ्ने बताएको छ ।

    भोलि हुने आमचुनावका लागि मौन अवधि शुरु भइसकेको छ । आमचुनावमा सहभागी हुने कुनै पनि उम्मेदवार र राजनीतिक दलले मौन अवधिमा बैठक, जुलुस, प्रचारलगायतका कार्यक्रममा भाग लिएमा कारबाही गर्ने पाकिस्तानको निर्वाचन आयोगले जानकारी गराएको छ । निर्वाचन आयोगले चुनाव सम्पन्न नभएसम्म सञ्चारमाध्यममा सबै प्रकारका मतदान सर्वेक्षणको प्रकाशन र प्रसारणमा पनि प्रतिबन्ध लगाएको छ ।

    आयोगका अनुसार देशभर ९० हजार छ सय ७५ मतदान केन्द्र स्थापना गरिएको छ । चुनावमा एक सय ६७ राजनीतिक दल र स्वतन्त्र गरी पाँच हजार एक सय २१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

    चुनावमा पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिगदेखि बिलवाल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीसम्मले प्रतिस्पर्धा गर्दैछन् । इमरान खानको पाकिस्तान तहरीक–ए–इनसाफ पाटीको चुनाव चिह्न खारेज गरेका कारण यसका उम्मेदवार स्वतन्त्ररूपमा चुनावमा प्रतिस्पर्धा गर्दैछन् । पाकिस्तानमा १२ करोड ८५ लाख जना मतदाता रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ