• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    एकैदिनमा मार्क जुकरबर्गको सम्पत्ति २८ अर्ब डलरले बढ्यो, बने विश्वकै चौथो धनी व्यक्ति

    2.6K
    SHARES

    काठमाडौँ । अमेरिकी व्यापारी एवम् सामाजिक सञ्जाल कम्पनी फेसबुकका मालिक मार्क जुकरबर्गको सम्पत्ति एकै दिनमा २८ अर्ब डलरभन्दा बढीले बढेको छ । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सका अनुसार यो वर्ष अहिलेसम्मको अवधिमा जुकरबर्गको सम्पत्ति ४२ अर्ब ४० करोड डलर थपिएको छ ।

    आइतबार एकैदिन उनको सम्पत्ति २८ अर्ब १० करोड डलरले बढेको थियो । यो वृद्धिसँगै जुकरबर्ग माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई उछिनेर विश्वकै चौथो धनी व्यक्ति बनेका छन् । यसवर्ष सम्पत्ति वृद्धिमा जुकरबर्ग सूचकमा समेटिएको सबै अर्बपतिहरु भन्दा अगाडि छन् ।

    मेटामा जुकरबर्गको १३ प्रतिशत शेयर छ । मेटाको शेयरमा भएको वृद्धिसँगै यसको मूल्य बढेर १ खर्ब ७० अर्ब डलर पुगेको छ । शुक्रवार मात्रै मेटाको शेयर २० प्रतिशतले बढेर प्रतिकित्ता ४७४ डलर ९९ सेन्टको कीर्तिमानी उचाइमा उक्लिएको थियो ।

    कम्पनीले पहिलोपटक लाभांश वितरण गर्ने घोषणा गरेपछि शुक्रवार एकै दिनमा कम्पनीको बजार पुँजीकरण २ खर्ब ४ अर्ब ५० करोड डलर थपिएको थियो । वाल स्ट्रिटमा कुनै पनि कम्पनीको शेयर मूल्यमा भएको यो अहिलेसम्मकै धेरै (एक दिने) वृद्धि थियो ।

    सन् २०२३ मा मेटाको शेयर मूल्य १५० प्रतिशतले बढेको थियो । यस वर्ष अहिलेसम्मको अवधिमा यसमा ३४ प्रतिशतको वृद्धि देखिएको छ । सन् २०१२ मा फेसबुकको आइपिओ जारी भएयता यसको मूल्य १ हजार १४९ प्रतिशतले बढेको छ ।

    फेसबुकले सन् २०२१ को अक्टोबरमा कम्पनीको नाम फेरेर मेटा राखेको थियो । जुकरबर्गले कम्पनीमा रहेको आफ्नो शेयरबाट ७० करोड बराबरको लाभांश पाउँदैछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ