• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    डढेलोका कारण चिलीमा ४६ जनाको ज्यान गयो

    2K
    SHARES

    काठमाण्डौ । चिलीमा फैलिएको डढेलोका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ ।

    केही दिन अघिदेखि अनियन्त्रित बनेको डढेलो बस्तीमा पुग्दा दुई सय भन्दा धेरै घरहरु जलेर नष्ट भएका र कम्तीमा ४६ जनाको जलेर ज्यान गएको चिलीका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    डढेलो ४० हजार हेक्टर भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ । डढेलको कारण ठूलो क्षेत्रको वन नष्ट हुनुको साथै कैयौँ वन्यजन्तु तथा पक्षी मरेका बीबीसीले जनाएको छ ।

    बढ्दो तापक्रम र तीव्र गतिको बतासका कारण डढेलो नियन्त्रणमा समस्या भैरहेको चिलीका अधिकारीहरुले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ