• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    खसीको मासु प्रतिकिलो ९ सय ५० भन्दा बढीमा बिक्री गरेमा जरिवाना

    37.2K
    SHARES



    रौतहट । रौतहटको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा खसीको मासुको खुद्रा बिक्री मूल्य निर्धारण गरिएको छ ।

    स्थानीय मासु व्यवसायी र उद्योग वाणिज्य संघ गरुडाको संयुक्त बैठकले खसीको मासुको दुई थरीको भाउ निर्धारण गरेको हो ।

    आन्द्रा भुँडी समेतको खसीको ताजा मासु प्रतिकिलो ९ सय रुपैयाँ र आन्द्रा भुँडी नभएको मासु प्रतिकिलो ९ सय ५० को दरले बिक्री गर्नु पर्ने निर्णय भएको छ ।

    निर्धारित दरभन्दा बढी भाउमा बिक्री वितरण गर्ने व्यवसायीलाई ५१ हजार रुपैयाँ जरिवाना गरिने उद्योग वाणिज्य संघ गरुडाका अध्यक्ष सतीश कुमार साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    पछिल्लो समय गरुडा बजार क्षेत्र अन्तर्गत केही व्यवसायीले मनपर्दी भाउमा खसीको मासु बिक्री गरिरहेको गुनासो बढेपछि संघले उक्त पहल गरेको बताइएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ