• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    जहाज अपहरण गर्ने समुद्री डाकुहरू भारतीय नौसेनाको कब्जामा

    4.2K
    SHARES



    काठमाडौँ ।भारतीय नौसेनाले शुक्रबार सोमालियाको पूर्वी तटमा अर्को जहाज अपहरण गर्ने समुद्री डाकूहरूको प्रयासलाई विफल पारेको छ ।

    भारतीय नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार जनवरी ३१ मा इरानी माछा मार्ने जहाज एफभी ओमारी अपहरण भएको खबर आएको थियो।

    यो जहाजमा सात समुद्री डाकू चढेका थिए र चालक दलका सदस्यहरूलाई बन्धक बनाएका थिए । भारतीय नौसेना आरपीएले यस क्षेत्रको अनुगमन गरिरहेको थियो । त्यसपछि आईएनएस शारदा यस क्षेत्रमा एन्टी पाइरेसी मिशनमा तैनाथ गरिएको थियो ।

    आईएनएस शारदाले एफभी ओमारीलाई रोक्यो र समुद्री डाकूहरूलाई जहाज छोडेर भाग्न बाध्य पार्‍यो । एफभी ओमारीमा इरानी झण्डा थियो । त्यो माछा मार्ने जहाज रहेको बताइएको छ ।

    यसअघि जनवरी २९ मा भारतीय नौसेनाले सोमालियाको पूर्वी तटमा एउटा जहाज अपहरण गर्ने समुद्री डाकुहरूको प्रयासलाई विफल पारेको थियो । त्यस क्रममा २९ पाकिस्तानी नागरिकलाई भारतीय नौसेनाले उद्धार पनि गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया