• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास

    स्कटल्यान्डमा भएकाे आगलागीमा नेपाली दिदीबहिनीको ज्यान गएको पुष्टि

    5.6K
    SHARES



    काठमाण्डाै । स्कटल्यान्डको एबरडीन सहरमा सोमवार भएको आगलागीमा परि २ जना नेपाली दिदीबहिनीको ज्यान गएको छ ।

    ब्ल्याक हिल्टन रोडमा लागेको आगलागीमा शिक्षा सुवेदी र आँचल सुवेदीको ज्यान गएको स्थानीय एबरडीन लाइभले जनाएको छ ।

    अन्दाजी २२ वर्षकी आँचल पेसाले इञ्जिनियर र २४ वर्षकी शिक्षा आईटी अध्ययन गरी पेसामा आबद्ध रहेकी थिइन् । सुवेदी दिदीबहिनी डा. यज्ञ सुवेदीका छोरीहरु हुन् ।

    डा. सुवेदी पोखरा विश्वविद्यालयका पूर्वप्राध्यापक पनि हुन् । पोखरा घर भएका सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बसोबास गर्दै आएका छन् । ज्यान गुमाएका दिदीबहिनीको आउँदो मङ्गलवार दाहसंस्कार गरिने पेइवार श्रोतले जनाएको छ ।

    आगलागीका बेला धुवाँमा निस्सासिएर उनीहरु बेहोस भएका र पछि मृत घोषणा गरिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको र थप विवरण खुलिनसकेको स्कटल्यान्ड प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया