काठमाडौं । विगत ३ दिनसम्म स्थिर रहेको सुनको मूल्य सोमबार भने बढेको छ ।
बिहीबार, शुक्रबार र आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा आज सोमबार ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको असर देखिएको हो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिनसम्म प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदी सोमबार १४ सय ५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया