• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चोरी तथा सवारी ज्यान मुद्दामा फरार २ जना पक्राउ

    1.6K
    SHARES



    वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले चोरी तथा सवारी ज्यान मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत बाराबाट कैद सजाय भई फरार भएका २ जनालाई शनिबार पक्राउ गरेको हो ।

    लुकीछिपी बस्दै आएका निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने विक्रम घलान र जीतपुर सिमरा ५ बस्ने सुनिल पासवानलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला अदालत बाराबाट घलानमाथि चोरी मुद्दा अन्तर्गत २० दिन कैद र एक हजार जरिवानाको फैसला थियो । यसै गरी पासवानमाथि ३ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

    जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला आएपछि दुवै जना फरार भएको जनाउँदै सर्च अभियान अन्तर्गत पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए । पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ