• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    खेर गइरहेका केराका थामबाट रेसा उत्पादन

    2.7K
    SHARES



    काठमाण्डौ। कैलालीको टीकापुर-८ धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ ।

    सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाण्डौ ल्याइने भएको छ । सहकारीले काठमाण्डौको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले जानकारी गराएका छन् ।

    केराको रेसा उत्पादनका लागि सहकारीले प्राविधिकसहित २ जना कर्मचारी राखेर काम थालेको छ । केराको थामबाट रेसा उत्पादन गर्ने सुदूरपश्चिमा पहिलो उद्योग भएको व्यवस्थापक चौधरीले बताए ।

    खेर गइरहेको केराको थाम प्रयोग गरेर हाते ब्याग, गुन्द्री, टोपीलगायतका सामग्री उत्पादन गरी आम्दानी गर्न सकिने उनले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ