• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

    1.6K
    SHARES



    रौतहट । पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा यात्रुवाहक बसको ठक्करबाट एक जना ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    सर्लाहीबाट यात्रु लिएर नारायणगढ तर्फ गइरहेको बा ३ ख ३४५५ नम्बरको यात्रुवाहक बसले शनिबार बिहान ४ बजे चन्द्रपुर ५ का बोधनाथ पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन् ।

    मर्निङवाकमा रहेका पौडेललाई जगत पेट्रोलपम्प अगाडी बसले ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालक चन्द्रपुर ४ का विजय राई लाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बाक्लो हुस्सुको कारण बिहान बाटो नदेखिएर उक्त दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    यस्तै, मुग्लिन-पोखरा सडक आयोजनाले पश्चिम खण्डमा पहिलोपटक कालोपत्रका लागि परीक्षण शुरु भएको छ । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाको हलेदीमा कालोपत्रका लागि परीक्षण गरिएको हो ।

    कालोपत्रमा प्रयोग गरिएका साधन तथा कच्चा पदार्थ ठीक छ कि छैन भनेर परीक्षण गरिएको मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इन्जिनियर नारायण पौड्यालले जानकारी दिएका छन् । जामुनेबाट कोत्रेसम्मको पाँच किलोमिटर दूरी फागुन १५ भित्र कालोपत्र गर्ने तयारी छ ।

    पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारको काम भइरहेको छ । पश्चिम खण्डमा अहिलेसम्म १५ प्रतिशत भौतिक प्रगति भएको उनले बताए ।

    यस्तै मुग्लिन-पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म १९ किलोमिटर दूरीमा एकतर्फी सडक कालोपत्र गरिएको छ । पूर्वी सडकखण्डमा ४४ प्रतिशत काम सकिएको मुग्लिन-पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी गराएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ