• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    कङ्गोको किभु प्रान्तमा विद्रोहीको आक्रमणमा परी १९ जनाको मृत्यु

    8.1K
    SHARES



    काठमाडौँ । उत्तरी कङ्गोको किभु प्रान्तमा विद्रोही लडाकुले गरेको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा पछिल्लो घटना भएको त्यहाँको सेनाले पुष्टि गरेको छ ।

    सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जी.एन.काइकोले विद्रोही लडाकुहरूले म्वेसो सहरमा मोर्टार बम प्रहार गरेको बताएका छन् । हमलामा २७ सर्वसाधारण पनि घाइते भएका छन् । आक्रमणपछि सर्वसाधारणले म्वेसोको सरकारी अस्पतालमा शरण लिएका थिए ।

    यस्तै, बेलायतका राजा चार्ल्स तृतीय लन्डनको एक निजी अस्पतालमा भर्ना भएका छन् । उनी प्रोस्टेटका बिरामी हुन् ।

    प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा उनलाई शुक्रबार भर्ना गरिएको बकिङ्घम प्यालेसले जनाएको छ । उक्त निजी क्लिनकमा वेल्सी राजकुमारीको पनि यसअघि शल्यक्रिया गरिएको थियो ।

    बकिङ्घम प्यालेसले राजा चार्ल्स तृतीयको उपचार पछि उनको स्वास्थ्य सम्बन्धी जानकारी नियमित सार्वजनिक गर्ने जनाएको छ । यसअघि पनि बिरामी भएका चार्ल्सले शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ