• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सकियो राष्ट्रिय सभा निर्वाचनको मतदान, नतिजा आजै आउने

    1.3K
    SHARES



    काठमाडौँ । राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत बिहीबार दिउँसो ३ बजे सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

    फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्षले मतदान गरेका हुन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता रहेकोमा ३६४ मतदाता मतदानमा सहभागी भए । कोशीको निर्वाचनमा धरानका हर्क साम्पाङ र मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार अनुपस्थित भए भने झापा गाउँपालिकाका जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले उनी पनि मतदानमा सहभागी भएनन् ।

    मधेस प्रदेशमा एक जना मतदाता बाहेक सबैले मतदान गरेका छन् । १०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७४ मतदाताले मतदान गरेका छन् ।

    त्यस्तै वाग्मतीमा ३ सय ४७ मतदाता रहेकोमा काठमाडौँका मेयर बालेन शाहसहित ५ जना मतदानमा अनुपस्थित भए । गण्डकीमा २२९ जनाले मतदान गर्दा सहकारी ठगी काण्डमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली भने मतदानमा सहभागी भएनन् ।

    त्यस्तै लुम्बिनीमा ३०५ जना मतदाता रहेकोमा स्थानीय तहको दुई मत खसेन । कर्णालीमा शत प्रतिशत मतदान भएको छ । कर्णालीमा १९६ मतदाता रहेका थिए । सुदूरपश्चिममा २२६ मतदाताले मतदान गरेका छन् ।

    निर्वाचनमा सात प्रदेशमा १-१ मतदान स्थल र २-२ मतदान केन्द्र कायम गरेर मतदानको व्यवस्था गरेको थियो । मतदान सकिए लगत्तै मतगणना थाल्ने र नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ