• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

युक्रेनी युद्धबन्दी बोकेको रुसी जहाज दुर्घटना, ७४ जनाको मृत्यु

4.5K
SHARES



काठमाडौँ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुस र युक्रेनको सीमामा हिजो भएको विमान दुर्घटनापछि रुसले ‘युक्रेनी कैदीहरूको जीवनसँग खेलवाड गरेको’ आरोप लगाएका छन् ।

जेलेन्स्कीले रुसीहरूले युक्रेनी कैदीहरूको जीवन, उनीहरूका आफन्तहरूको भावना र समग्र युक्रेनसँग खेलिरहेको आरोप लगाएका हुन् । उनले युक्रेनको सीमा नजिकै बेल्गोरोड क्षेत्रमा हिजो भएको विमान दुर्घटनाको अन्तर्राष्ट्रिय छानबिनको माग गरेका छन् ।

रुसी संसद्का सदस्य आन्द्रेई कार्तापोलोभले भने दुर्घटना भएको विमानमा ३ वटा मिसाइल ठोक्किएको दाबी गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार हिजोको दुर्घटनामा जहाजमा रहेका सबैको ज्यान गएको छ ।

जहाजमा रहेका ६५ जना युक्रेनी युद्धबन्दीहरू, ६ जना रुसी चालक दलका सदस्य र ३ जना सुरक्षागार्ड गरी सबै ७४ जनाकै ज्यान गएको बीबीसीले जनाएको छ । युक्रेनी युद्धबन्दीलाई रुसी सेनाको बदलामा सट्टापट्टाका लागि लगिएको हुनसक्ने खबरमा उल्लेख छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ