• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    उत्कृष्ट कारोबार गरेकोमा राष्ट्रिय वाणिज्य बैँकद्वारा जनता मावि सम्मानित

    2.4K
    SHARES



    बारा । राष्ट्रिय वाणिज्य बैँकले सिमराले जनता मावि प्राविधिक शिक्षालयलाई रजघट्टालाई उत्कृष्ट कारोबार गरेको भन्दै सम्मान गरेको छ ।

    बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ को रजघट्टामा रहेको जनता माविलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५९ औँ वार्षिकोत्सव अवसर पारेर सम्मान गरेको हो ।

    बैंकको सिमरा शाखामा आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा बैंकका शाखा प्रबन्धक निरोज पाण्डेले विद्यालयका प्रधानाध्यापक राजु अधिकारीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । प्रधानाध्यापक अधिकारीका अनुसार विद्यालयले बैँकसँगको निरन्तर र उत्कृष्ट कारोबार गरेकाले सम्मान गरेको बताएका छन् ।

    ‘यस बैंकले प्रदान गरेको सेवा सुविधालाई विश्वास गरी बैंकसँग निरन्तर कारोबार गर्नुभएकोमा तपाई श्री जनता मावि जीतपुर सिमरा १४ बारा ज्युलाई अगामी दिनमा समेत यस्तै विश्वास र साथको अपेक्षा गर्दै बैंकको ५९ औ वार्षिकोत्सवको अवसरमा यो सम्मान पत्र प्रदान गरिएको छ,’ बैंकले विद्यालयलाई प्रदान गरेको सम्मान पत्रमा उल्लेख गरिएको छ ।

    यसैगरी बुधवार वार्षिकोत्सवको अवसर पारेर बैंकले ३ जना उत्कृष्ट कारोबारकर्ताको रूपमा सम्मान गरेको छ । सम्मानित हुनेमा सतिस गल्ला भण्डार जीतपुर, लक्ष्मी आयल स्टोर प्रा.लि. अम्लेखगञ्ज र न्यू सन्देश किराना पसल सिमरा रहेका छन् ।

    उनीहरूलाई पनि निरन्तर असल कारोबारको अपेक्षासहित उत्कृष्ट ग्राहकको रूपमा सम्मान गरिएको शाखा प्रबन्धक पाण्डेले जनाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया