• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रिय सभा निर्वाचन- बागमती प्रदेशमा ४ पदका लागि मतदान सुरु

    865
    SHARES



    हेटौँडा । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा ४ पदका लागि मतदान जारी छ । यो प्रदेशमा ४ पदका लागि १५ उम्मेदवार चुनावी मैदानमा छन् ।

    प्रमुख ६ राजनीतिक दलका १५ जनाले उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने यसबाहेक ३ दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दै छन् ।

    एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपाङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई चुनावी मैदानमा खडा गरेको छ । यता राप्रपाबाट बागमती प्रदेशमा अन्यतर्फ हेम्जङम गुरुङ, महिलातर्फ बालिका डल्लाकोटी र अपाङ्गतर्फ भरतमणि भट्टको उम्मेदवारी छ भने नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपाङ्गतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।

    अन्यतर्फ बस्नेत, देवकोटा, गुरुङ महर्जनबिच प्रतिस्पर्धा हुने छ भने महिलातर्फ पुडासैनी, चौलागाईं, डल्लाकोटी र दुवालबिच भिडन्त हुने छ । यस्तै दलिततर्फ रिजाल, विक र नेपालीबिच प्रतिस्पर्धा पक्का भएको हो भने अपाङ्गतर्फ अधिकारी, पौडेल, भट्ट र मूल भिड्ने छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ