• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ग्लोबल आईएमई बैंकले भन्यो- रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन

    3.9K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट १ करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ ।

    कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लीप’ सहित रविले अनधिकृत रूपमा पैसा लिएको समाचार प्रकाशित गरेपछि बैंकले उक्त प्रष्टीकरण दिएको हो ।

    यस विषयमा प्रष्टीकरण दिन रविले लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा उनले ग्लोबल आईएमई बैंकले आफूलाई दिएको पत्र सार्वजनिक गरेका थिए । उक्त पत्र बैंकले आज रविलाई उपलब्ध गराएको थियो ।

    ‘उल्लेखित मिति १७/०६/२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर … मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसीमार्फत् चेक क्लियरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको बेहोरा जानकारी गर्दछौं,’ पत्रमा लेखिएको छ ।

    पत्रकार सम्मेलनमा पूर्व बैंकर तथा हाल रास्वपा नेता अनिल केशरी साह उपस्थित थिए । उनले पनि यो विषयलाई बैंकिङ प्रक्रियाको हिसाबले प्रस्ट्याएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ