काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा पैसा जम्मा नभएको बताएका छन् ।
आज सोमबार पत्रकार सम्मेलन गर्दै लामिछानेले कम्पनीको सेयर मिलान गर्न व्यवस्थापनले आफ्नो नाममा पैसा जम्मा गर्न चेक बैंकलाई दिएको भए पनि खातामा पैसा नआएको बताएका हुन् ।
उनले यो किर्ते भएको पनि भनेका छन् । ‘मेरो खातामा चेक जम्मा गर्न भौचर भरियो । तर, त्यो चेक मेरो खातामा जम्मा भएन फिर्ता गयो उनले भनेका छन् ।
प्रतिक्रिया