• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    ध्वनिको गतिभन्दा तीव्र गतिमा उड्ने सुपरसोनिक विमान सार्वजनिक

    3K
    SHARES



    काठमाडौँ। अमेरिकाको अन्तरिक्ष एजेन्सी नासा र एरोस्पेस क्षेत्रको प्रमुख कम्पनी लकहिड मार्टिनले सुपरसोनिक विमान एक्स ५९ सार्वजनिक गरेको छ । ध्वनिको गतिभन्दा पनि तीव्र गतिमा उड्ने यो विमानले उडानको समयमा अत्यन्त कम आवाज निकाल्ने नासाले जनाएको छ ।

    नासाका अनुसार यो विमान ध्वनिभन्दा १.४ गुणा छिटो अर्थात् प्रतिघण्टा १४ सय ८८ किलोमिटरको दूरीमा उड्न सक्छ । अरू यात्रुवाहक र कार्गो जहाज ३५ हजार फिटसम्म मात्रै उड्ने गरेकोमा यो विमान ५५ हजार फिटको उचाइमा उड्नेछ ।

    यसअघिसम्म अमेरिकालगायत अन्य देशले तीव्र गतिको ध्वनिका कारण मानव बस्तीमा असर पर्न सक्ने भन्दै ५० वर्षदेखि सुपरसोनिक विमानको उडान परीक्षणमा प्रतिबन्ध लगाएका थिए । नासाले उडानको कम्रमा कम ध्वनि निकाल्ने गरी विमानको डिजाइन गरिएको जनाएको छ ।

    नासाका अधिकारी पाम मेलरायले यो वर्षको अन्त्यमा एक्स ५९ ले पहिलो पटक परीक्षण उडान भर्ने बताएका छन् । यो विमानको लम्बाइ ९९.७ फिट र चौडाइ २९.५ फिट रहेको छ । मेलरायले परीक्षण उडान सफल भएपछि अमेरिकाका विभिन्न सहरमा एक्स ५९ ले उडान भर्ने बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ