• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    देव गुरुङमाथि पार्टी केन्द्रीय सदस्यले लगाए भ्रष्टाचारको आरोप

    4.5K
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले पार्टी महासचिव देव गुरुङमाथि भ्रष्टाचारको आरोप लगाएका छन् ।

    पार्टीले आफूमाथि कारबाही गरेको विषयको स्पष्टीकरण पत्रमा केसीले महासचिव गुरुङ नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको आरोप लगाएका हुन् ।

    वैकल्पिक केन्द्रीय सदस्य केसी र उनको सचिवालयका एक सदस्यले जाजरकोट भूकम्प पीडितका लागि राहत वितरण गर्ने क्रममा चिनियाँ महिलामाथि हातपात गरेको आरोपमा उनीमाथि पार्टीले कारबाही सिफारिस गरेको थियो ।

    चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको सहयोग सामग्रीलाई गुरुङले भनसुन गरी आफ्नो भदैनीको पति रहेका मुक्ति मरासिनीको संस्था ग्लोबल कोओपरेसन फर डेभलपमेन्टलाई दिलाएको र यसको भ्रष्टाचारबाट हुने आम्दानीमा दुवै हिस्सेदार रहेको केसीको दाबी छ । उनले दुवैमाथि पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गर्न माग समेत गरेका छन् ।

    उनले पत्रमा लेखेका छन्, ‘मरासीनीले भन्न थाल्नु भो, अरू पार्टीले मजाले खाका छन् । खान जानेका छन् तपाईंहरू खान नजानेर यत्रो सानो पार्टी भाको छ । खानुपर्छ कमरेड, हामीलाई कसैको भर्पाई दिनुस्, समान बुझेर लानुस् र मजाले खानुस् ।

    उनले निस्फिक्री यो कसरी खान र लुट्न सकिन्छ भनेर प्रशिक्षण चलाउन थाले । मेरा आस्थाका धरोहर महासचिव कमरेडले त्यो मरासिनीलाई मज्जाले हप्काउलान् भनेको त मक्ख परेर सुनेका छन् । मैले यस्तो नाङ्गो लुटपाटको सल्लाह कहिल्यै देखेको सुनेको थिइनँ । महासचिव कमरेड त्यो रात सम्झिनुस् । मातृका दाइ अर्कै कोठामा हुनुहुन्थ्यो । मलाई लाग्छ उहाँ त्यही भएको भए मरासिनीको सातो जान्थ्यो ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ