• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

    2.6K
    SHARES



    काठमाडौं ।आज पनि तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

    उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी भू-भागमा आंशिक बदली भएको छ ।

    जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि क्षत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आइतबार र सोमबारसम्मे मौसम आंशिकरुपमा बदलिने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने सम्भावना रहेको छ ।

    तराईमा हुस्सु/कुहिरो र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ