• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    २ करोड रुपैयाँसहित काठमाडौँबाट ३ जना पक्राउ

    3.8K
    SHARES



    काठमाडौं । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

    विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु रहेका छन् । ‘बरामद रकम अझै गनिरहेका छौं’, उनले भने ।

    ढुंगानाका अनुसार, बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागसँग थियो ।

    अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागका अधिकृतहरु बताउँछन् ।

    पक्राउ परेकाहरुविरुद्ध शुक्रबार थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिने विभागको तयारी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ