• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    जब महिलाको भेषमा प्रेमिकाको परीक्षा दिन गए एक युवक…

    5.8K
    SHARES



    काठमाडौँ। पन्जाबी शुट, ओठमा लाली, निधारमा टिकी र हातमा चुरा लगाएर आफ्नी प्रेमिकाको नामबाट परीक्षा दिन पुगेका अंग्रेज सिंहले ठ्याक्कै महिलाजस्तै देखिनका लागि ठूलै कसरत गरे ।

    पन्जाबको फरिदकोटमा जनवरी ७ मा बहुउद्देश्यीय सरकारी स्वास्थ्यकर्मी भर्नाको लागि लिइएको परीक्षामा उनी आफ्नी प्रेमिका परमजीतको भेषमा उनकै नामबाट परीक्षा दिन गएका थिए ।

    उनले नक्कली आधार कार्ड र मतदाता परिचयपत्र पनि बोकेका थिए । तर, ढाँटेको कुरा कहाँ काटिन्थ्यो र ? बायोमेट्रिक रेकर्ड लिने क्रममा उनको फिंगरप्रिन्ट प्रेमिकाको रेकर्डसँग मिलेन । त्यसपछि परीक्षाका सुपरीवेक्षकहरुले प्रहरीमा खबर गरे ।

    अन्ततः प्रहरीले उनलाई नियन्त्रणमा लिएर केरकार गर्दा उनको कर्तुतको पर्दाफास भयो । उनले प्रेमिकाको नामबाट प्रेमिकाकै भेषमा गएर परीक्षा दिने प्रयास गरेको स्वीकार गरे । उनलाई धोकाधडीको अभियोगमा प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ